नियम ८
मूल नियमावलीको नियम १६ मा संशोधन
मूल नियमावलीको नियम १६ को
उपनियम (१) पछि देहायको नियम (१क) थपिएको छ ः–
“(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ भएको मितिले महानगरपालिका र उपमहानगरपालिकाले चरणबद्ध रूपमा तीन वर्षभित्र, अन्य नगरपालिकाले पा“च वर्षभित्र र नया“ गठन भएको नगरपालिकाले पा“च वर्षभित्र यस नियम बमोजिम प्रोदभावी (एक्रुअल) कारोबारमा लेखा राख्नु पर्नेछ ।”